गलत बाटोमा लागेर राष्ट्र र जनताको हित हुँदैन : अध्यक्ष प्रचण्ड
बाग्मती – नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गलत बाटोमा लागेर राष्ट्रर जनताको हित नहुने बताउनुभएको छ । विप्लव समूहमा लागेका केही साथीहरूको आफूलाई चिन्ता लागेको र पुरानै पार्टीमा फर्कंदा खुसी लागेको बताएका छन्। आइतबार राजधानीमा विप्लव नेतृत्वको नेकपाका पोलिटव्युरो सदस्य पदम राईलाई नेकपामा प्रवेश गराउँदै उहाँले यस्तो बताउनुभएको हो ।
भ्रममा परेर गलत बाटोमा हिँडेकाहरू घर फर्कंदा खुसी लागेको छ,’ उहाँले भन्नुभयोे, ’आफैँले हुर्काएको, नेता बनाएकाहरू बाटो बिराएर घर छाडेर के गरिरहेका होलान् भन्ने चिन्ता लागेको थियो।’ पदम राईलाई नेता बनाउन आफूहरूको पनि उत्तिकै भूमिका रहेको स्मरण गर्दै प्रचण्डले थप्नुभयो, ’उहाँलाई नेता बनाउनमा हाम्रो पनि भूमिका थियो, बीचमा भ्रमको स्थिति बनेर अन्यत्र जानुभयो र अझ खारिएर, भोगेर गलत बाटोबाट सही बाटोमा आउनुभएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE