Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

भारतमा पछिल्लो २४ घण्टामा ४३ हजारभन्दा बढी संक्रमित थपिए

१४ साउन, काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ सय ४१ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख २२ हजार ६९५ पुगेको छ ।

यस्तै, वाल्ड्रो मिन्टरको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४३ हजार हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको कुल संख्या ३ करोड १५ लाख २६ हजार ६२२ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा यहाँ ३८ हजार ७३२ कोरोना संक्रमित निको भएका छन् । यो सँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या ३ करोड ६ लाख ९४ हजार १ सय २२ पुगेको छ ।

भारतको केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा एक दिनमा ६७ जना मात्रै नयाँ सङ्क्रमित थपिएका छन्। लामो समय कोरोना महामारीबाट अति प्रभावित सहर नयाँ दिल्लीमा अहिले दैनिक नयाँ सङ्क्रमितको सङ्ख्या अत्यन्त न्यून देखिएको हो। पछिल्लो २४ घण्टामा नयाँ दिल्लीमा कोरोनाका कारण थप तीन जनाको मृत्यु भएको छ। नयाँ दिल्लीमा कोरोनाबाट अहिलेसम्म १४ लाख ३६ हजार ९३ जना सङ्क्रमित भएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE