गण्डकी प्रदेशका मुख्यमन्त्री विश्वासको मत पाउन असफल, सरकार कामचलाउमा परिणत
गण्डकी प्रदेशका मुख्यमन्त्री विश्वासको मत पाउन असफल, सरकार कामचलाउमा परिणत
२७ जेठ, काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्वासको मत प्राप्त असफल भएका छन् ।
प्रदेश सभामा बिहीबार भएको मतदानमा मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउन नसकेका हुन् ।
प्रदेश सभामा मतदानमा सहभागिमध्ये २७ जनाले प्रस्तावको पक्षमा मत राखेका थए भने विपक्षमा ३० मत परेको थियो । यस्तै एक जना तटस्थ बसेका थिए ।
आजको प्रदेशसभा बैठकमा कुल ५७ जना सांसद उपस्थित रहेका थिए ।
प्रदेश सभाको कायम संख्याको बहुमत नपुगेकाले सभामुखले मुख्यमन्त्रीले विश्वासको मत नपाएसँगै मन्त्री गुरुङ स्वतः पदमुक्त भएको घोषणा गरेका थिए ।
विश्वासको मत पाउन नसकेसँगै सरकार कामचलाउमा परिणत भएको छ।
अब प्रदेशसभामा सरकार गठनका लागि संविधानको धारा १६८ को प्रक्रियाअनुसार कारवाही प्रारम्भ हुनेछ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE