Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

कांग्रेसद्वारा थप ३३ जिल्लाका क्रियशील सदस्यहरुको नामावली सार्वजनिक

कांग्रेसद्वारा थप ३३ जिल्लाका क्रियशील सदस्यहरुको नामावली सार्वजनिक

३१ जेठ, काठमाडौं– नेपाली कांग्रेसले थप ३३ जिल्लाका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरेको छ।

आज एक विज्ञप्ती जारी गर्दै कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा नामावली विवरण इन्ट्री गरी क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका थप ३३ जिल्लाका ६५ स्थानको नामावली कांग्रेसको आधिकारिक साइटमा राखिएको जनाएको छ।

कांग्रेसले यस अघि १०१ स्थानको विवरण कांग्रेसले सार्वजनिक गरेको थियो।

विज्ञप्तीमा यअघि सार्वजनिक गरिएका र आज सार्वजनिक भएका नामावलीमा कुनै उजुरी, गुनासा वा सुझाव भए दिन पनि भनिएको छ। उजुरी, गुनासा र सुझाबका लागि असार ६ गतेसम्मको समय दिइएको छ ।

कांग्रेसले मोरङ, सुनसरी, सोलुखुम्बु, धनकुटा, सिरहा, महोत्तरी, सर्लाही, रौतहट लगायतका जिल्लाका क्रियशील सदस्यहरुको नामावली प्रकाशन गरेको हो ।

कांग्रेसको महाधिवेशन यही भदौ १६ गतेदेखि हुँदैछ ।

WRITE COMMENTS FOR THIS ARTICLE