मन्त्रिपरषद् पुनर्गठनविरुद्धको रिटमा आजदेखि सुनुवाइ
मन्त्रिपरषद् पुनर्गठनविरुद्धको रिटमा आजदेखि सुनुवाइ
८ असार, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलले गरेको मन्त्रिपरिषद् पुनर्गठन अवैधानिक रहेको भन्दै परेको रिटमाथि आज सुनुवाइ हुने भएको छ ।
रिटमाथि सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रकाश कुमार ढुंगानाको बेञ्चमा पेशी तोकिएको छ ।
कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्नु अवैधानिक रहेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटमाथि सुनुवाइ हुन लागेको हो ।
रिटमा मन्त्रिपरिषद् पुनर्गठन रद्द गर्न माग गर्दै राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई विपक्षी बनाइएको छ।
आज बाट दुवै पक्षको बहस सुरु हुने बताइएको छ । रिट निवेदनअनुसार अन्तरिम आदेश जारी भएमा पुनर्गठित मन्त्रिपरिषद् रद्द हुनेछ ।
सर्वोच्च मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध ६ वटा रिट दायर भएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE