Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

बागमती नदी किनारमा असार १ देखि नजान मेलम्ची खानेपानीको आग्रह

२७ जेठ, काठमाडौँ – मेलम्ची खानेपानी विकास समितिले पानी बहाव बढ्न सक्ने भन्दै असार १ गतेबाट बागमती नदी किनारमा नजान अनुरोध गरेको छ । आयोजनाको सुरूङ परीक्षणका लागि सुरूङभित्र रहेको पानी फाल्नु पर्ने भएकोले बागमतीको बहाव बढ्ने भन्दै नदी किनारामा नजान समितिले भनेको हो।

समितिले बिहीबार विज्ञप्ति जारी गर्दै बागमती नदीसँगै मेलम्ची नदी, अडिट टनेल रहेको सिन्धु, ग्याल्थुम लगायतका क्षेत्रहरुमा पनि बहाव बढ्ने जनाएको छ । नदीमा काम विशेषले जानै परेमा पनि सावधानी अपनाउन समितिले अनुरोध गरेको छ।

मेलम्ची खानेपानी आयोजनाको सुरूङ परीक्षण गर्न पानी भर्ने, प्रेसराईज्डु अवस्थामा राख्ने, पानी फाल्नेलगायत निरीक्षण गर्दै आवश्यक सुधार गर्न लागिएको हो। त्यसको लागि असार १ गतेबाट सुरुङ खाली गर्न लागिएको छ।

समितिका अनुसार सुरूङ खाली गर्न १६ दिन लाग्नेछ। परीक्षण सकिन भने दुई महिना लाग्नेछ । यो परीक्षण कालसम्म काठमाडौं उपत्यकामा मेलम्चीको पानी आउने छैन।

मेलम्ची खानेपानी आयोजनाले गत फागुन १० गतेबाट मेलम्ची नदीको पानी पठान्तरण गरी सुरुङ परीक्षण सुरू गरेको थियो।

परीक्षण सुरू गरेको १२ दिनपछि फागुन २२ गते सुन्दरीजलमा पानी आइपुगेको थियो । सुन्दरीजलमा उपलब्ध पानी गत वैशाख ६ गतेबाट काठमाडौं उपत्यकाको वितरण प्रणालीमा उपलब्ध गराइएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE