Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

आइजीपी बन्ने दौडमा ४ जना डिआइजी भारतीय राजदूतावास छिरेको खुलासा

१९ आश्विन,काठमाडौं – नेपाल प्रहरीको २६औं आइजीपी नियुक्ति सबैभन्दा विवादास्पद भएको थियो । त्यतिबेला डिआइजीबाट सिधै आइजीपी नियुक्त हुनुभएको थियो । प्रतिष्पर्धामा ४ जना हुनुहुन्थ्यो ।

डिआइजी बढुवा हुँदा नवराज सिलवाल पहिलो नम्बरमा  हुनुहुन्थ्यो । दोस्रोमा प्रकाश अर्याल, तेस्रोमा जयबहादुर चन्द र चौंथोमा बमबहादुर भण्डारी हुनुहुन्थ्यो। सिलवाल र चन्दबीच चर्को प्रतिष्पर्धा चलेको थियो । दुवैजना राजनीतिक देखि अन्तर्राष्ट्रिय शक्ति लगाउन लागिपरिरहनुभएको थियो ।

सिलवालको पक्षमा तत्कालीन गृहमन्त्री विमलेन्द्र निधि  हुनुहुन्थ्यो। चन्दको पक्षमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा  हुनुहुन्थ्यो जसको नेतृत्वमा रहेको दल सरकारमा थियो ।

सिलवाल र चन्दबीच चर्को प्रतिष्पर्धाले आइजीपी सुरुमा चन्द बनेपनि अदालतको आदेशले निर्णय बदल्नुपरेको थियो । पछि अर्यालयको भाग्योदय भयो । सिलवाल मुद्दा मामलामा लाग्नुभयो ।

पछि प्रहरी सेवा छाडी एमाले राजनीति हुँदै सांसद सम्म बन्नुभयो । चन्द ओली सरकारका पालामा संवैधानिक परिषदले गरेको नियुक्ति सिफारिशमा पर्नुभयो । उहाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त  हुनुहुन्छ ।

नेपाल प्रहरीको २६औं आइजीपी बन्ने दौडमा रहनुभएका ४ जना डिआइजी भारतीय राजदूतावास छिरेको खुलासा भएको छ । त्यतिबेला आइजीपीका प्रतिष्पर्धी नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारी समेतले तत्कालीन भारतीय राजदूत रञ्जीत रेलाई भेट्नुभएको  यसको खुलासा रेको हालै प्रकाशित पुस्तकमा छ ।

पुस्तकमा रेले चारै जना आइजीपीका प्रतिष्पर्धीले आफूलाई इन्डिया हाउसमा भेटेको खुलाउनुभएको छ । उहाँले भन्नुभएको छ , ‘मैंले उहाँहरुलाई भेट्न निम्तो दिएको थिइनँ ।’

४ जना आइजीपीका प्रतिष्पर्धीहरुले तत्कालीन भारतीय राजदूत रेलाई भेटेको खुलेपछि हलचल पैदा भएको छ । त्यसमाथि पनि तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले आइजीपी नियुक्तिबारे आफूसँग सल्लाह लिएको खुलासा गर्नुभएको छ। त्यसलाई निधिले निराधार भन्दै आपत्ती व्यक्त गर्नुभएको हो । रे को काठमाडौं डिलेमा रिसेटिङ इन्डिया नेपाल टाइज पुस्तकमा यसबारे उल्लेख छ ।

रञ्जीत रेको पुस्तकमा आइजीपीका तत्कालीन प्रतिष्पर्धीहरुको भेटको खुलासा

WRITE COMMENTS FOR THIS ARTICLE