Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

मौसम एक्कासी परिवर्तन, दिउँसै अध्यारो हेडलाई बालेर गुड्दै सवारी

१६ बैशाख, काठमाडौँ – मौसममा आएको परिवर्तनसँगै काठमाडौं उपत्यकासहित आसपासका पहाडी भेगमा अहिले मेघगर्जनसहित पानी परिरहेको छ। बिहीबार बिहान खुलेको मौसम मध्यान्हपछि बदली हुँदै गएकोमा दिउँसो २ बजेदेखि पानी पर्न थालेको हो।

काठमाडौंसहित देशका पहाडी भूभागका थोरै स्थान र तराईका एक–दुई स्थानहरुमा मेघगर्जन, चट्याङसहित पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेकोले राति पनि देशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन,चट्याङ्ग, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE