चाडवाड आयो, आएनन् ग्राहक : दोहोरो मर्कामा सुनचाँदी व्यवसायी
४ कात्तिक
हेटौँडा – कान्तिराजपथमा रहेको श्याम दुतराज एण्ड सन्स् सुनचाँदी पसलमा लकडाउन खुल्दा पनि ब्यापार शून्य अबस्थामै रहेको छ । सुनचाँदी पसल सञ्चालक श्याम गजमेर दशैंको समयमा पनि सुनचाँदी किन्ने ग्राहक नआएको बताउनुहुन्छ ।
दिनहुँजसो सुनचाँदीको भाउ घटबढ भइरहनु, लकडाउनका कारण आर्थिक अबस्था कमजोर हुनु तथा कोरोना संक्रमणको जोखिमलाई ध्यान राखेर सुनचाँदी किन्न नआउनु जस्ता मुख्य कारण व्यबसाय फस्टाउन नसकेको गजमेरले बताउनुभयो ।
उहाँले भन्नुभयो–घरको भाडा २० हजार छ । व्यबसायमा मन्दी छ । सरकारलाई कर तिर्नुपर्ने बाध्यता छँदैछ । सटर भाडा महिना मर्ने बित्तिकै तिर्नुपर्छ । ब्यापार शून्य छ । दशैंको समयमा पनि सोचेजस्तो ब्यापार भएन । अघिल्ला वर्षहरुमा तिजदेखि दशैं र विवाहको लगनहरु भएका महिनामा सोचेभन्दा बढी ब्यापार हुने गरेको उहाँको भनाइ छ ।
कान्तिराजपथमा नै रहेका सफल सौगात सुनचाँदी पसल सञ्चालक सफल दुतराजले पनि उस्तै पीडा सुनाउनुभयो । लकडाउनभर पसल बन्द भयो । बल्ल लकडाउन खुकुलो भयो, तब सुनको भाउ बढ्यो । ‘भाउ बढेपछि किन्न आउने भन्दा बेच्न आउनेको संख्या बढी हुन थाल्यो,’ उहाँले भन्नुभयो । चाडपर्वको समयमा बिक्री धेरै हुनुपर्ने बेला ग्राहक नै आउने नगरेको उहाँले गुनासो पोख्नुभयो । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE