Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

आईपीएल : दिल्लीमाथि पञ्जाबको जित

 ५ कात्तिक
काठमाडौँ  – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा किंग्स ११ पञ्जाबले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। दुबई अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको थियो।

दिल्लीका लागि शिखर धवनले सर्वाधिक १०६ रन जोडे। कप्तान श्रेयस ऐय्यर र ऋषभ पन्तले समान १४ रन जोडेका थिए । पञ्जाबका लागि मोहम्मद शमीले २ विकेट लिन सफल भए। जिम्मि निशम, मुरूगन अश्विन र ग्लेन म्याक्सवेलले १र१ विकेट लिए।

पञ्जाबले १ ओभर बाँकी छँदै ५ विकेट गुमाउँदै जित हासिल गर्यो। पञ्जाबका निकोलस पूरनले सर्वाधिक ५३ रन बनाए। ग्लेन म्याक्सवेलले ३२ रन तथा क्रिस गेलले २९, कप्तान केएल राहुलले १५ रन जोडे।

WRITE COMMENTS FOR THIS ARTICLE