को को पुगे,युरोपा लिगको अन्तिम १६ को समीकरणमा ?
१४ फागुन
काठमाडौँ – युइए फ़ए युरोपा लिगको अन्तिम १६ को समीकरण पुरा भएको छ । गएराती अन्तिम ३२ का दोस्रो लिगका खेलहरु सकिएसँगै युरोपा लिगका अन्तिम १६ मा पुग्ने टिमको टुंगो लागेको छ ।
युरोपा लिगको अन्तिम १६ मा पुग्ने टिममा प्रिमियर लिगबाट म्यानचेस्टर युनाइटेड, आर्सनल, टोटनह्याम रहेका छन् ।
त्यस्तै ला लिगा बाट ग्रानडा र भिल्ला रियल रहेका छन् भने इटालियन सिरी ए बाट एसी मिलान एएस रोमा रहेका छन् ।
त्यसैगरी युक्रेनी क्लब डाइनामो किभ र शख्तर डोनेटस्क रहेका छन् भने स्विस क्लब योंग ब्वायज पनि अन्तिम १६ मा पुगेको छ ।
त्यस्तै स्कटिस क्लब रेन्जर्स नर्वेको क्लब मोल्ड़े, नेदरल्यान्ड्सको आयाक्स, ग्रीसको क्लब ओलाम्पियाकोस युरोपा लिगको अन्तिम १६ मा पुगेका छन् ।
त्यसैगरी चेक गणतन्त्रको क्लब स्लाभिया प्राग्वे र क्रोसियाको डिनामो जाग्रेब पनि युरोपा लिगको अन्तिम १६ मा पुगेको छ ।
अन्तिम १६ को ड्र आजै हुदै छ भने अन्तिम १६ का पहिलो लिगका खेलहरु मार्च ११ मा हुने छन् । त्यस्तै दोस्रो लिगका खेलहरु मार्च १८ मा हुने युइएफ़एले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE