Date
शुक्र, असार ४, २०७८
Fri, June 18, 2021

कांग्रेस नेताहरुले माधव नेपाल पक्षलाई उपनिर्वाचनमा सघाउने

२९ बैशाख, काठमाडौँ – नेपाली कांग्रेसका सक्रिय नेताहरुले नेकपा एमाले माधव नेपाल समुहका संसदहरुलाई उपनिर्वाचनमा सघाउने भएका छन् । केपी ओली नेतृत्वको नयाँ सरकार गठन रोक्न र कांग्रेस भसपति देउवा नेतृत्वको सरकार गठनमा सहकार्य गर्न कांग्रेस नेताहरुले नेपाल पक्षलाई सघाउने भएका हुन् ।

सत्ताको रस्साकस्सीमा बाजी मार्न कांग्रेसलाई एमालेका केही सांसदहरुको साथ चाहिने संसदको अंकगणीतीय हिसाबले देखाएको छ । यसैक्रममा सत्ता प्राप्तिका लागि जोडघटाउ चलिरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवाले हिजो राती निवासमै छलफल गरेको सभापति देउवानिकट स्रोतले बताएको छ । स्रोतका अनुसार सभापति देउवाले छलफलका क्रममा ‘तत्काल संसदबाट राजीनामा दिने सांसदहरुलाई उपनिर्वाचनमार्फत संसदमा फर्काउन आफ्नो पार्टीले सघाउने बताएका छन् ।’ जसपाको महन्थ ठाकुर पक्षका केही नेताले कांग्रेस नेतृत्वको सरकारलाई असहयोग गर्ने देखिएपछि एमालेको माधव नेपाल पक्षलाई मनाउने कोसिस गरिरहेको छ ।

उक्त छलफमा सहभागी एक कांग्रस नेताका अनुसार ‘माधव नेपाल पक्षका केही सांसदले राजीनामा दिएमा केपी शर्मा ओलीको प्रधानमन्त्री हुने सम्भावना टर्ने भए आवश्यक संख्यामा आफ्ना सांसदको राजीनामा गराउने नेपालले बताएका छन् । प्रधानमन्त्री ओली नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेसँगै राजनीतिक वृत्तमा अहिले सत्तासंघर्ष चुलिएको छ । संसदीय प्रक्रिया अनुसार हाल दोस्रो ठूलो दलको रुपमा संसदमा रहेको नेपाली कांग्रेसले संसदमा सत्ताको दाबेदारीका लागि स्पष्ट बहुमत पु¥याउन सकेको छैन ।

संसदीय अंकगणितमा माओवादी केन्द्र र जसपा ९उपेन्द्र पक्ष०को समर्थन पाइसकेको कांग्रेसले माधव पक्षका सांसदहरुसँग भेटघाटको क्रमलाई तिव्रता दिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE