Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

मुख्य-मुख्य विषयमा जनमत संग्रह गरिनुपर्छ : धर्मेन्द्र बास्तोला

२२ फागुन
काठमाडौं –
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले देशको समस्या हल गर्नको लागि मुख्य–मुख्य विषयमा जनमतसंग्रह गरिनुपर्ने आफ्नो पार्टीको एजेण्डा रहेको स्पष्ट पारेका छन् ।

उनले भने, ‘जनताको मत लिने गरौं । हरेक विषयमा जनतमसंग्रह गरौं भनेका छौं । यसले जनतालाई परिचालित गर्छ । पूर्ण लोकतान्त्रिक प्रक्रिया, जनवादी प्रक्रिया आवश्यक छ ।

यो प्रकारणको लोकतान्त्रिक समाज बनाऔं । अहिले हामी सरकारसँग छलफल गर्छौं । सेट अफ आईडियाज छ । हामी राख्छौं । खाका छ । हामी भन्छौं । नयाँ दिशामा जानुपर्छ ।’

सरकारसँग तीन बुँदे सहमति भएर सार्वजनिक भएपछि आज (शनिबार) काठमाडौंमा आयोजित विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जनमतसंग्रह के–के विषयमा गर्ने भनेर अहिले नै भन्न सम्भव नभएको सुनाए ।

उनले अघि भने, ‘सबै भन्न सम्भव छैन् । खास(खास विषयमा हुन्छ । अहिले हामी सरकारसँग छलफलमा छौं । संसदीय व्यवस्था भन्दापनि लोकतन्त्र मूल कुरा हो । यसको विकसित कुरा गरेका छौं ।’

त्यस्तै, उनले आफूहरु मुलुकलाई समृद्ध बनाउने उद्देश्यमा होमिएकोले यो विषयमा आफ्नो पार्टीका धारणाहरु छिट्टै सार्वजनिक गर्ने पनि जनाए । उनले वार्ताको वातावरण कसरी बन्यो रु भन्नेबारे पनि थप प्रष्ट्याएका छन् ।

उनले भने, ‘राजनीतिक आन्दोलनलाई, समस्यालाई समाधान गर्नको निम्ति हामीले धेरै लामो समयदेखि छलफल गर्दै आएका थियौं । नेपालको संविधानले कतिपय विषयलाई समेट्न सकेको छैन् भन्दै आएका थियौं ।

आर्थिक आधार उपयोगी संरचनाको कुरा गरेका थियौं, अहिलेको व्यवस्था परिवर्तन जरुरी छ भनेर हामीले भनेका थियौं । शान्ति प्रक्रियाको दश वर्ष, यो संविधान बनेको तीनरचार वर्षमा प्रष्ट भएको छ ।

सरकारले के महशुस ग¥यो भने नेपालमा एउटा राजनीतिक परिवर्तनको जरुरी छ । नयाँ बाटोको जरुरी छ भन्यो । त्यही भएर अहिले सहमति भएको हो ।’

WRITE COMMENTS FOR THIS ARTICLE