एएफसी यू-२० : बहराइनसँग नेपाल ६-० गोल अन्तरले पराजित
काठमाडौं – बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ ।
शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा बुधबार राति बहराइनसँग ६-० गोल अन्तरले पराजित हुँदै नेपालले लगातार तेस्रो हार व्यहोरेको हो ।
बहराइनको जितमा अब्दुल्ला अली अल्सुबाईले दुई गोल गरे । कप्तान अब्दुल्लाह सुल्तान अल्खालासी, सायद अली नसिर, अब्दुलरहमान गडबन र मुबारक मोहमद हाबिबले एक एक गोल गरे ।
खेलको २० औं मिनेटमा अब्दुल्लाहले पेनाल्टीमा गोल गर्दै बहराइनलाई सुरुआती अग्रता दिलाए ।नेपालका डिफेन्डर सुमित श्रेष्ठ पेनाल्टी बक्सभित्र ह्याण्ड गरेपछि बहराइनले पेनाल्टीको अवसर पाएको थियो ।
खेलको २८ औं मिनेटमा अमर श्रेष्ठले रातो कार्ड पाएपछि नेपाल पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो ।खेलको ४२ औं मिनेटमा नसिरले गोल गर्दै बहराइनको अग्रता २-० को बनाए ।
खेलको ६७ औं मिनेटमा अब्दुलरहमानले गोल गर्दै बहराइनलाई ३-० को अग्रता दिलाए ।खेलको ८३ औं मिनेटमा अब्दुल्लाले गोल गर्दै बहराइनलाई ४-० को अग्रता दिलाए ।
८८ औं मिनेटमा अब्दुल्लाले व्यक्तिगत दोस्रो गोल गर्दै बहराइनलाई ५-० को अग्रता दिलाए ।त्यसपछि खेलको ९० औं मिनेटमा मुबारकले गोल गर्दै बहराइनलाई ६-० को जित दिलाए ।
यस जितसँगै समूह ‘बी’ को बहराइनले पहिलो जित निकालेको छ । बहराइनले २ खेलमा ४ अंक जोडेको छ ।नेपाल अंक विहीन रहेको छ । पुछारमा रहेको नेपाल प्रतियोगिताबाट समेत बाहिरिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE