Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

चर्चामा रहेका तर मन्त्री नपाएका यी अनुहार

२२ आश्विन, काठमाडौं – गत असार २९ मा गठबन्धनको सरकार बनेपछि मन्त्री बन्ने भनेर लगातार सञ्चारमाध्यममा छाएका तीन जना नेताले अन्तत मन्त्री पद पाएनन् । चर्चामा रहेर पनि मन्त्री बन्नबाट बञ्चित भएकाहरुमा नेकपा एकीकृत समाजवादीका मेटमणी चौधरी, नेकपा माओवादी केन्द्रका हरिबोल गजुरेल र जनता समाजवादीका मोहम्मद इस्तियाक राई हुन् ।

गठबन्धनबीच मन्त्रालयको भागबण्डा र पार्टीका नेताहरुको आन्तरिक व्यवस्थापन नमिल्दा चर्चामा रहेका तीन पार्टीका तीन जना नेता चर्चामै सीमित बनेका हुन् ।

चर्चा एउटा, जिम्मेवारी अर्को

शुक्रबार प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल विस्तार र कार्यविभाजन गर्दा यसअघि नेताहरुले पाउने मन्त्रालय पनि परिवर्तन भएको छ । जस्तो कि यसअघि नेकपा एकीकृत समाजवादी पार्टीकी रामकुमारी झाँक्रीले रक्षा, स्वास्थ्य तथा जनसंख्या र शिक्षा मन्त्रालय पाउने चर्चा भएको थियो ।

तर झाँक्रीले जिम्मेवारी पाउँदा सहरी विकास मन्त्रालय पाउनुभयो । त्यस्तै समाजवादीकै विरोध खतिवडा स्वास्थ्य र सहरी विकासमा चर्चा भएपनि जिम्मेवारी स्वास्थ्य मन्त्रालयको पाउनुभएकोे छ। उता पर्यटन मन्त्रालय पाउने चर्चा भएका प्रेम आलेले भने सोही मन्त्रालय पाउनुभएको छ।

 

प्रायोजित विज्ञापन
प्रायोजक विज्ञापन

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

 

WRITE COMMENTS FOR THIS ARTICLE