दार्चुलामा भूकम्पको धक्का
४ आश्विन, दार्चुला – पश्चिम नेपालको दार्चुला, खार्रालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसरा दार्चुलाको खार्रालाई केन्द्रबिन्दु बनाएर सोमबार दिउँसो साढे ४ बजे ४ दशमलव २ रेक्टर स्केलमा भूकम्पको धक्का महसुस गरिएको हो। केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भूकम्पको धक्का बैतडी, डडेल्धुरा, डोटीलगायत आसपासका जिल्लामा पनि महसुस गरिएको स्थानीय प्रशासनले जनाएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE