Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

स्वास्थ्यकर्मीहरूमाथि वार्डमै आक्रमण गर्नु जघन्य अपराध : शर्मा

१४ जेठ, काठमाडौँ – माओवादी केन्द्रका नेता जनार्दन शर्माले महामारीको समयमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरू​को सुरक्षाको माग गर्नुभएको छ । शुक्रबार विहान सामाजिक सञ्जालमार्फत भेरी अस्पतालमा कोरोना संक्रमितको निधनपछि आक्रोशित आफन्त स्वास्थ्यकर्मीमाथि नै आक्रमणमा उत्रिएपछि उहाँले सरकारलाई गम्भीर बन्न आग्रह गर्नुभएको हो।

महामारीमा जीवन जोखिममा राखेर सेवा दिइरहेका चिकित्सक, स्वास्थ्यकर्मीहरूमाथि वार्डमै आक्रमण गर्नु जघन्य अपराध भएको उहाँको भनाइ रहेको  छ । उक्त अपराधलाई अस्पताल प्रशासनले टालटुल पार्ने प्रयास झन गम्भीर विषय बनेको शर्माले बताउनु भएको छ ।

उहााँले लेख्नुभएको छ, “दोषीमाथि कारबाही गर्नुका साथै स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टीका साथ काम गर्ने वातावरण तयार पारियोस् ।” सत्ताको अराजकता सबैतिर फैलिनु गम्भीर विषय भएको शर्माले बताउनुभएको छ । “म स्वास्थ्यकर्मीको साथमा छु” उहाँले भन्नुभएको छ ।

विहीबार राति बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएको थियो । उपचारका क्रममा एकजना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेको थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE