जसपा र राष्ट्रिय लोकतान्त्रिक पार्टीबिच एकता घोषणा
११ माघ
काठमाडौँ – जनता समाजवादी पार्टी र राष्ट्रिय लोकतान्त्रि पार्टीबीच एकीकरण भएको छ । दुई पार्टीबिच आइतबार एकता भएको हो । शनिबार रातिसम्म भएको छलफलले एकता वार्तालाई निष्कर्षमा पुर्याउँदै दुई दलले एकीकरण भएको नेता रोज मोक्तानले जानकारी दिनुभयो ।
पूर्व मन्त्री शिवलाल थापामगरको नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक पार्टी र जसपाबिच आज ललितपुरको बालकुमारीस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा एकता घोषणा गरिएको हो ।
थापाले आफूसँगै पार्टीका १५ वटा जिल्लाका कमिटिहरुलाई पनि जसपामा ल्याउने बताएका छन् । जसपामा हाल पदाधिकारी तहको ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति छ । अब उक्त संख्या बढाएर ५३ स्रोतको भनाई छ । भने थापालाई सोही समितिमा राखिनेछ । थापा मार्फत आएका दुई जनालाई जसपाले राजनीतिक समिति सदस्य र सात जनालाई केन्द्रीय समिति सदस्य बनाउनेछ ।
जनमुक्तिबाटै फुटेर गएका शिवलाल थापा २०७२ साल असोजमा केपी ओली पहिलोपटक प्रधानमन्त्रीमा हुँदा विज्ञान तथा प्रविधिमन्त्री समेत भएका थिए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE