एमाले नेतृत्वको सरकारमा सहभागी नहुने जनता समाजवादी पार्टीको निर्णय
२८ फागुन
काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) ले अहिलेको अवस्थामा नेकपा एमाले नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय निकालेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको संसदीय दलको बैठकले नयाँ बन्ने सरकारको नेतृत्व दावी गर्ने तर कुनै दलको भर्याङ नबन्ने निष्कर्ष निकालेको हो ।
बैठकपछि नेता राजकिशोर यादवले अब जसपाले नै सरकारको नेतृत्व गर्नुपर्ने पार्टीभित्र एकमत रहेको जानकारी दिनुभयो ।
यस बिषयमा अन्य दलहरुसंग पनि छलफल गर्ने उहाँको भनाइ थियो । बैठकले संसदीय दलको बैठक विधान र नेताको टुङ्गो पनि लगााउन सकेन ।
विधान मस्यौदा समितिले छलफलका लागि समय माग गरेकाले बिधान पारित हुन नसकेको यादवले जानकारी दिनुभयो । विधान स्वीकृत भएपछि मात्रै दलको नेता चयन हुने यादवले बताउनुभयो ।
सरकारसँग अहिले कार्यदल बनाएर भइरहेको छलफल रेशम चौधरीको रिहाइका लागि मात्रै भएको जसपाको भनाइ छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE