Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026

युरोकप र कोपा अमेरिका खेलमा सट्टेबाजी खेलाउने पक्राउ

युरोकप र कोपा अमेरिका खेलमा सट्टेबाजी खेलाउने पक्राउ

२४ असार, काठमाडौं– युरोप र दक्षिण अमेरिकामा भइरहेको युरोकप २०२० र कोपा अमेरिकाको फुटबल खेलमा सट्टेबाजी खेलाउने दुईजना पक्राउ परेका छन् ।

सट्टेबाजी खेलाएको अभियोगमा पोखरा महानगरपालिका–२७ तालचोक बस्ने १८ वर्षीय किशोरलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

फुटबलका जारी प्रतियोगिताहरुका नाममा सट्टेबाजी भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले भाइबर, ह्वाट्सएप जस्ता अनलाईन मार्फत सट्टेबाजी गरिरहेको अवस्थामा फेला पारी सोही महानगरपालिका–६ लेकसाईडस्थित होटलबाट पक्राउ गरेको हो ।

उनीहरु उपर सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता बिरुद्धको कसुर अन्तरगत सट्टेवाजी गर्न नहुने कसूरमा ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE