चर्को हवाई शुल्क लिएको गुनासो आएपछि पर्यटन मन्त्रालयद्वारा छानविन समिति गठन
७ असार, काठमाडौँ – विभिन्न ट्राभल एजेन्सी कम्पनीले चर्को हवाई भाडा असुल गरिरहेको गुनासो आएपछि छानबिन गर्न पर्यटन मन्त्रालयले समिति गठन गरेको छ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको संयोजत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो।
मन्त्रालयका अनुसार समितिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख देवचन्द्र लाल कर्ण, मन्त्रालयका उपसचिव नरहरि घिमिरे, प्रहरी इन्स्पेक्टर र पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल सदस्य छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE