निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका सीडीओहरुको बैठक बस्दै
लामो दूरीका बस खोल्ने तयारी
३१ असार, काठमाडौं– काठमाडौं उपत्यकामा जारी निषेधााबारे छलफल गर्न आज उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीह(सीडीओ)हरुको बैठक बस्दैछ ।
उपत्यकाका तीन जिल्लाका सीडीओहरुको बैठक आज अपरान्ह ५ बजेपछि बैठक बस्ने तयारी रहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।
‘अघिल्लो निषेधाज्ञाको अवधि आज सकिने भएपछि आज बैठक बस्न लागेको हो । आजको बैठकले निषेधाज्ञाबारे थप निर्णय गर्ने बताइएको छ ।
निरौलाका अनुसार, ‘बैठकले लामो दूरीका बस पनि चल्न दिने गरी निर्णय हुनसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘बढी भाडा लिएर यात्रुहरूले दुःख पाएको गुनासो आएका छन्। त्यसैले लामो दूरीका बस पनि चलाउन दिने की भन्ने तयारी छ ।’
सम्भवतः जोर–बिजोर प्रणाली अन्तर्गत रही बस सञ्चालन गर्न दिनेबारे छलफल भइरहेको छ ।
उपत्यकाका तीन जिल्ला भित्र यसअघि नै जोर–बिजोर प्रणालीमा रही छोटो दूरीका सवारीसाधन सञ्चालन हुँदै आएका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE