Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

नेपालसहित ३५ देशका नागरिकलाई श्रीलङ्का जान भिसा नलाग्ने

काठमाडौँ । श्रीलङ्काले नेपालसहित ३५ देशका नागरिकलाई बिना भिसा प्रवेश गर्न दिने भएको छ । भदौ १६ गतेदेखि लागू हुने गरी नेपाल, भारत, चीन, अमेरिका, बेलायतसहित ३५ देशका नागरिकलाई बिना भिसा श्रीलङ्का प्रवेश गर्न दिने त्यहाँको सरकारले निर्णय गरेको हो ।

 

६ महिनासम्मका लागि ३५ देशका नागरिक भिसाबिनै श्रीलङ्का प्रवेश गर्न पाउने श्रीलङ्काको सञ्चारमाध्यम श्रीलङ्का मिररले जनाएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE