Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

बागमतीमा डेंगी संक्रमितको संख्या ३३ हजार नाघ्यो

बागमती – बागमती प्रदेशमा लामखुट्टेको टोकाइबाट हुने डेंगी सङ्क्रमणबाट बिरामीको सङ्ख्या ३३ हजारभन्दा बढी पुगेको छ। यो सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको देखिन्छ।

बागमती प्रदेशमा गत साउन महिनादेखि कात्तिक १८ गतेसम्ममा ३३ हजार सात सय ६५ जनामा डेंगी सङ्क्रमण पुष्टि भइसकेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

डेंगीबाट प्रभावित भएको प्रदेशका जिल्लामा सबैभन्दा बढी काठमाडौँमा रहेको छ भने सबैभन्दा कम रसुवामा रहेको निर्देशनालयबाट प्राप्त तथ्याङ्क जनाइएको छ।

काठमाडौँमा १३ हजार दुई सय जनामा डेंगी सङ्क्रमण भएका छन् भने रसुवामा आठ जनामा संक्रमण पुष्टि भएको हो।

यसैगरी ललितपुरमा नौ हजार दुई सय, मकवानपुरमा चार हजार छ सय ६९, भक्तपुरमा तीन हजार ६०, चितवनमा एक हजार आठ सय ५०, धादिङमा आठ सय ६० काभे्रपलाञ्चोकमा चार सय ८०, रामेछापमा एक सय ६८, सिन्धुपाल्चोकमा एक सय ६५, नुवाकोटमा एक सय ६८, सिन्धुलीमा एक सय ३३ तथा दोलखामा ८२ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको बताइएको छ।

यस्तै प्रदेशमा डेंगीबाट हालसम्ममा २१ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE