Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

पुरुषले गर्ने काम महिलाले पनि गर्नसक्छन् : ब्याकहो लोडर अप्रेटर दिपा अधिकारी

२८ भदौ, भक्तपुर – युसेप नेपाल अन्तर्गत सानोठिमीमा संचालित प्राविधिक शिक्षालयमा हाल दीपा वाग्ले ब्याकहो लोडर चलाउन सिकिरहनुभएकोछ । इटहरीमा ई–रिक्सा चलाइरहनुभएकी उहाँ  हेभी मेसिन, ब्याकहो लोडर चलाउन सिक्ने छात्रवृति पाएपछि भक्तपुर आउनुभएकोहो । सधै केहि नयाँ काम गर्न चाहने दिपा यो भन्दा अघि पनि ब्याकहो लोडर चलाउन सिक्नकै लागि इटहरी उप–महानगरपालिकामा सह–चालक भएर केही समय काम गर्नु भएको थियो । अहिले प्रशिक्षणको अन्तिम चरणमा रहनुभएकी दिपा व्यवसायीक ब्याकहो लोडर चालक बन्ने तयारीमा हुनुहुन्छ ।

आफूलाई सानै देखि  चुनौतीपुर्ण काम गर्न नडाराउने दिपाको ब्याकहो लोडर चलाउने रहर भएको कारणले नै आज सफल भएको उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ हरेक चुनौतीको सामाना गर्दै  पुरुषले गर्ने काम महिलाले पनि गर्नसक्छन भन्ने उदाहरणीय महिलाको रुपमा प्रस्तुत हुने आफ्नो शोख छ ।  हरेक मान्छे स्वरोजगार बन्नु पर्ने र आफ्नो लागि आफै केही गर्नुपर्ने उहाँको दृढता छ । उहाँले अरु महिला उद्यमीहरुलाई पनि आफु जस्तै सिप सिकेर रोजगार बन्न आग्रह समेत गर्नु भएको छ। आफ्नो पालिका भित्रका महिलाले पनि यो सिप सिक्न चाहेमा पालिकाले सहजीकरण गरिदिन समेत आग्रह गर्नुभयो । आफूलाई जे गर्न इच्छा हुन्छ त्यहि गर्नुपर्छ तर निरन्तरता भने हुनुपर्छ । निरन्तरताकै कारण सफल हुने उहाँको भनाई छ।

इ-रिक्सा चलाउदा मनग्य आम्दानि गर्ने दिपा ब्याकहो लोडर चलाउन सुरु गरेपछि झन् आत्मनिर्भर बनेको बताउनुहुन्छ । ब्याकहो लोडर पछि ग्रेडर चलाउने उहाँको  चाहना रहेको छ। ​

दिपा वाग्ले अधिकारीसंग गरिएको भिडियो कुराकानी-

WRITE COMMENTS FOR THIS ARTICLE