Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

सभामुख सापकोटाले बोलाएको पूर्वसभामुखहरुसँगको परामर्श बैठकमा नेम्वाङ नजाने

सभामुख सापकोटाले बोलाएको पूर्वसभामुखहरुसँगको परामर्श बैठकमा नेम्वाङ नजाने

११ जेठ, काठमाडौं– सभामुख अग्नीप्रसाद सापकोटाले राखेको पूर्वसभामुखहरुसँगको बैठकमा सुवास नेम्वाङ नजाने हुनुभएको छ । उक्त बैठकमा नेम्वाङलाई बोलाइए पनि पूर्वनिर्धारित कार्यक्रममा जानुपर्ने भएकाले छलफलमा नजाने उहाँले सवाल मिडियासँग बताउनुभयो ।

प्रधानमन्त्रीको सिफरिसमा राष्ट्रपतिले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि सभामुख सापकोटाले आज पूर्वसभामुखहरुसँग परामर्श गर्न लाग्नुभएको हो । प्रतिनिधि सभाको ल्होत्से हलमा पूर्वसभामुखहरुले छलफल गर्ने बताइएको छ ।

संसद विघटन विरुद्ध हिजो मात्र विपक्षी गठबन्धनका १४६ जना सांसदले हस्ताक्षर सहित सर्वोच्चमा रिट दायर गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE