Date
शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

काठमाडौं उपत्यकामा २४ सय २ जना संक्रमित थपिए

३० असोज
काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय २ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४ सय २ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र १ हजार ७ सय ८४ जना संक्रमित थपिएका छन् भने ललितपुरमा ३ सय ७४ जना संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा २ सय ४४ जना संक्रमित देखिएका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ५२ हजार ४० पुगेको छ । काठमाडौंमा ४० हजार ५ सय ७९ जना, ललितपुरमा ६ हजार ३८, भक्तपुरमा ४ हजार १ सय ७४ जना संक्रमित थपिएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE