लुम्बिनी प्रदेश राष्ट्रियसभा उपनिर्वाचनमा नेपालगञ्जका मेयरले मतदान नगर्ने
लुम्बिनी प्रदेश राष्ट्रियसभा उपनिर्वाचनमा नेपालगञ्जका मेयरले मतदान नगर्ने
१७ जेठ, काठमाडौं– राष्ट्रिय सभा उपनिर्वाचनमा नेपालगञ्ज उपमाहानगरपालिकाका मेयर धवलशमशेर राणाले भोट नहाल्ने हुनुभएको छ ।
लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचनका लागि आज बिहान ९ बजेदेखि सुरु भएको उपनिर्वाचनमा मेयर राणाले भोट नहाल्ने हुनुभएको हो ।
आफ्नो प्राथामिकतामा निर्वाचन नभएकोले उपनिर्वाचनमा मतदान नगर्ने उहाँले बताउनुभयो ।
सामाजिक सञ्जालमार्फत मेयर राणाले, ‘आज हुने लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन, मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकोले कांग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाइलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु, धन्यवाद।’ लेख्नुभएको छ ।
अहिले उपनिर्वाचनको मतदान प्रक्रिया जारी छ । उपनिर्वाचनको मतपरिणाम आजै आउने निर्वाचन आयोगले जनाएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE