Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

२९ यात्रु बोकेर हिँडेको रुसी विमान सम्पर्कविहीन

२९ यात्रु बोकेर हिँडेको रुसी विमान सम्पर्कविहीन

एजेन्सी– २९ जना यात्रु बोकेर हिँडेको रुसी विमान मंगलबार बेपत्ता भएको छ ।

उक्त विमान कामचत्का पेनिनसुला क्षेत्रबाट एएन–२६ विमान सम्पर्कविहीन भएको हो।

उक्त विमान अवतरणका क्रममा सो विमान राडारको सम्पर्कबाट बाहिर गएको बताइएको छ।

हाल सो विमानको खोजी गर्न सो क्षेत्रमा सरकारी अधिकारीले विशेष टोली खटाएको छ।

बेपत्ता विमानको अवस्था अज्ञात रहेका छ ।

यसअघि गत आइतबार मात्र फिलिपिन्समा एउटा सैन्य विमान दुर्घटनामा पर्दा ५० जनाको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE