मिलिजुली परिवारले महेश रानालाई आर्थिक सहयोग
५ कात्तिक
काठमाडौं – मिलिजुली फ्याम्लीले मंगलबार टिचिङ्ग अस्पतालमा निक्कै लामो समयदेखि नै निउरो तथा हाडजोर्नी सम्वन्धि रोगको उपचार गराइरहेका कन्चनपुरका महेश रानालाई आर्थिक सहयोग गरेको छ । मिलिजुली परिवारको तर्फबाट ९५३५० रूपैयाँ रानाको उपचारको निम्ति यस संस्थाले सहयोग गरेको हो ।
निक्कै नै विपन्न र गरिविको कारण राना लामो समय देखि अस्पतालको शैयामा आफ्नो कम्मर भन्दा मुनिको भागले काम नगरेकोले उपचार भइरहेको छन् ।
लकडाउन विपन्न नागरिक भोकभोकै परिरहेका बेला मिलिजुली फ्याम्लीले काठमाडौंमा तथा देशको विभिन्न स्थानमा सहयोग अभियान शुरू गर्दै आएको छ ।
यस्तै, यस संस्थाले कोही पनि भोको, नाङ्गो र रोगको चपेटामा नरहुन भन्ने मान्यता राखेर काठमाडौंका विभिन्न ठाउँमा निशुल्क खाना तथा सहयोग गर्दै आएको छ।
‘लक डाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने मजदुर, असहाय, वृदाश्रम तथा बिपन्न परिवारको पीडा र समस्यालाई आत्मसात गर्दै सहयोगको अभियान सञ्चालन गरिएको छ ।
मिलिजुली परिवारको तर्फबाट सहयोग तथा हौसला पाएकाले महेश पनि निक्कै खुशी र अब चाँडै घरजाने आशमा छन् । महेशलाई उनको दिदिले अस्पतालमा रेखदेश गर्दै आएको छिन्।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE