Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

एमसीसीलाई पास गर्नुपर्छ : पूर्वमन्त्री जबरा

२७ भदौ, काठमाडौँ –प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री उदयशमशेर जबराले एमसीसीलाई पास गर्नुपर्ने बताउनुभएको छ । उहाँले एमसीसी पारित गराउन संसदभित्र र संसद् बाहिर रहेका सबै दलबीच सहमति गराउनुपर्ने पनि बताउनुभयो ।

आइतबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै उनले एमसीसी सहयोग अनुदान भएकोले यसले देशलाई फाइदा नै हुने पनि विश्वास दिलाउनुभयो । एमसीसी सहयोग लगभग ५० वटा देशले लिएको भन्दै तीमध्ये हाम्रो देशकोजस्तै भूगोल भएको मंगोलियाले दुई पटक सहयोग लिएको उनले बताउनुभयो ।

सन २०१७ देखि आजसम्म एमसीसीको बारेमा विभिन्न भ्रम रहेको भन्दै यसबारेमा आफूहरुले अहिलेसम्म स्पष्ट पार्न नसक्नु कमजोरी भएको पनि जबराले बताउनुभयो। त्यस्तै नेकपा (एमाले) का विदेश विभाग प्रमुख डा.राजन भट्टराईले आफ्नो पार्टीले एमसीसीबारे अहिले कुनै पोजिसन नबनाएको स्पष्ट पार्नुभयो ।

सत्तासीन दलहरुले धारणा बनाएपछि आफ्नो पार्टीले धारणा बनाउने उहाँको भनाइ छ । एमसीसी पारित गराउनको सरकारलाई आफूहरुको आवश्यकत्ता नै नपरेको पनि उहाँले बताउनुभयो।

WRITE COMMENTS FOR THIS ARTICLE