भारतमा कोरोनाका कारण एकसातामा २५ नेपालीको मृत्यु
काठमाडौँ – विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण यो साता थप २८ जना नेपालीको ज्यान गएको पुष्टि भएको छ ।
अल इन्डिया इष्टिच्युट अफ मेडिकल साइन्स, नयाँ डिल्लीमा कार्यरत डा. सागर पौडेलले दिएको जानकारीअनुसार भारतमा गतहप्तामात्रै विभिन्न मितिमा ज्यान गुमाउने नेपालीको संख्या २५ पुगेको छ। भारतको महाराष्ट्रमा रहेका नेपालीहरुकोरोनाबाट बढी प्रभावित छन् ।
भारतमा तिव्र गतिमा फैलिरहेको संक्रमणका कारण नेपाली पनि प्रभावित भएको र उनीको मृत्युको दर पनि बढिरहेको गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा। संजीव सापकोटाले बताए ।
यसैसाता साउथ अफ्रिकामा पहिलो पटक एक नेपालीको मृत्यु भएको छ । साउदी अरबमा दुईजनाको संक्रमणकै कारण ज्यान गएको छ । योसँगै संक्रमणका कारण विदेशमा मात्र १ सय ८९ जना नेपालीको मृत्यु भएको छ । नयाँपत्रिका दैनिकबाट
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE