Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा नि शुल्क ओ पी डी सेवा र रक्तदान कार्यक्रम सम्पन्न

बाग्मती – विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मे ३१ र नेपाल क्यान्सर हस्पिटल एंड रिसर्च सेन्टर, हरिसिद्धि, ललितपुरको दोश्रो वार्षिकोत्सवको उपलक्षमा हस्पिटल परिसरमा रक्तदान कार्यक्रम तथा निशुल्क ओ पी डी सेवा सम्पन्न भएको छ। आज मिति २०७६र०२र१७ शुक्रबार का दिन अस्पतालमा यी कार्यक्रमहरु आयोजना गरिएका थिए ।

‘रक्तदान जीवन दान’ भन्ने नेपाल रेड क्रस सोसाइटी को मूल नाराकासाथ शुरु भएको रक्तदान कार्यक्रममा जम्मा ११५ व्यक्तिले  स्वतः स्फूर्त रक्तदान गरेका थिए ।कार्यक्रममा सम्पूर्ण रक्तदाताहरुलाई रक्तदान पश्चात जुस तथा प्रमाणपत्र प्रदान गरिएको थियो। साथै हस्पिटलले आज आफ्ना सबै बहिरंग सेवाहरु निस्शुल्क प्रदान गरेको छ। अस्पतालमा नया र पुराना बिरामीहरु गरि जम्मा २०० जनाले निस्शुल्क बहिरंग सेवा लिनुभएको थियो।

यसैगरी भोलि ज्येष्ठ १८ गते शनिबार हस्पिटलले बसन्तपुर दरवार क्षेत्र देखि स्वयम्भु भगवान पाउसम्म पदयात्रा कार्यक्रम आयोजना गर्न लागेको छ। यसै विज्ञप्तिमार्फत सम्पूर्ण सरोकारवालाहरुलाई नेपाल क्यान्सर हस्पिटल एंड रिसर्च सेन्टर उक्त कार्यक्रममा निमन्त्रणा गर्दछ।

WRITE COMMENTS FOR THIS ARTICLE