Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

एमालेका कारण नाकाबन्दीको सामना गर्नुपर्यो : प्रदीप ज्ञवाली

१५ आश्विन, काठमाडौँ – नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आफ्नो दलका कारण नाकाबन्दीको सामना गरिएको र चुच्चे नक्शा जारी भएको बताउनुभएको छ। उनले एमालेको विधान महाधिवेशनमा बोल्दै एमालेले ठूलो चुनौती सामना गरेर चुच्चे नक्शा जारी गरेको बताएको हो।

‘एमालेका कारण नाकाबन्दीको सामना गरियो,’ ज्ञवालीले गोदावरीमा आयोजित विधान महाधिवेशनमा भने, ‘एमालेकै कारण चुच्चे नक्शा जारी भयो ।’ एमालेकै कारण ठूलो दबाब थेगेर संविधान जारी गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, एमाले नभएको भए संविधान जारी हुँदैनथियो । उहाँले अनेकन दबाब थेगेर संविधान जारी भएको बताउनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE