Date
सोम, चैत्र २३, २०८२
Mon, April 6, 2026

राष्ट्रिय सभामा निर्वाचित देवकोटाद्वारा सपथग्रहण

१४ जेठ, काठमाडौं – उपनिर्वाचनबाट राष्ट्रिय सभामा निर्वाचित डाक्टर खिमलाल देवकोटाले पद तथा गापनीयताको सपथ लिनुभएको छ । शुक्रबार संसद सचिवालयमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देवकोटालाई सपथ खुवाउनुभएको थियो ।

यही जेठ ६ गते भएको उपनिर्वाचनमा ओली पक्ष एमालेका उम्मेदवार रामबहादुर थापालाई देवकोटाले पराजित गर्नुभएको थियो । सपथ ग्रहणपछि देवकोटाले अहिले संविधानलाई सही ट्र्याकमा ल्याउनुपर्ने बताउनुभयो ।

उहाँले प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वास व्यक्त गर्नुभयो । माओवादी केन्द्रले एमालेमा लागेका थापालाई कारवाही गरेपछि रिक्त भएको सो स्थानका लागि उपनिर्वाचन गरिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE