Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

मन्त्रीपरिषद् विस्तारका लागि क–कस्को नाम चर्चामा ? गृहमा कस्को चर्चा ?

मन्त्रीपरिषद् विस्तारका लागि क–कस्को नाम चर्चामा ? गृहमा कस्को चर्चा ?

२७ जेठ, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद विस्तारको तयारी गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले हाल रिक्त रहेको सात वटा मन्त्रालय विस्तारको तयारी गर्नुभएको हो ।

मन्त्री बन्नका लागि खगराज अधिकारी, नैनकला थापा, नारदमुनि राना, ज्वालाकुमारी शाह, राजकिशोर यादव, गणेश पहाडी लगायतको नाम चर्चामा रहेको छ । स्रोतका अनुसार खगराज अधिकारीलाई गृह र नैनकला थापालाई सुचना तथा सञ्चार दिने तयारी रहेको छ । मन्त्रीका लागि चर्चामा रहेका नामहरुमध्ये नैनकला थापा, यसअघिका गृहमन्त्री रामबहादुर थापाको श्रीमती हुनुहुन्छ ।

नवनियुक्त मन्त्रीहरुलाई आजै शपथग्रहण गराउने तयारी छ ।

WRITE COMMENTS FOR THIS ARTICLE