बौद्धमा बोरामा प्याक गरिएको अवस्थामा शव फेला
२५ जेठ, काठमाडौँ – काठमाडौँको बौद्धस्थित नयाँबस्तीमा बोरामा प्याक गरेको अवस्थामा एक जनाको शव भेटिएको छ।
मंगलवार विहान बोराबाट बाहिर खुट्टा निस्किएको र जलेको अवस्थामा शव भेटिएको महानगरीय प्रहरी बीट बौद्धका प्रमुख डीएसपी नविन कार्कीले जानकारी दिनुभएको हो ।
शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। अहिले सो क्षेत्रमा नेपाल प्रहरीको बौद्ध वृत्त र काठमाडौं परिसरको टोली पुगेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी कार्कीले जानकारी दिनुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE