आगामि वर्ष नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण
आगामि वर्ष नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण
२६ जेठ, काठमाडौं– विश्व बैंकले आगामि आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.९ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।
विश्व बैंकले आर्थिक वर्ष २०२१÷२२ मा नेपालको अर्थतन्त्र ३.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको हो ।
यस्तै आर्थिक वर्ष २०२२÷०२३ सम्ममा आर्थिक वृद्धिदर ५.१ प्रतिशतले पुग्ने विश्व बैंकको अनुमान रहेको छ ।
नेपालको आर्थिक वृद्धिदर २०२१ को जनवरीमा गरिएभन्दा २.१ प्रतिशत र २०२१÷२२ मा १.४ प्रतिशतले बढी रहेको उल्लेख छ।
विश्व बैंकले आर्थिक वर्ष २०२०÷०२१ मा भने वृद्धिदर २.७ प्रतिशतमा सीमित अनुमान गरेको छ ।
प्रतिवेदनमा सन् २०२१ मा दक्षिण एसियाली क्षेत्रको आर्थिक वृद्धिदर ६.८ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ। यस्तै विश्व अर्थतन्त्र ५.६ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE