Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

धितोपत्र बोर्डले निकालेको जोखिमपूर्ण कम्पनीको सूचीले सेयर बजारमा पहिरो, एकैदिन ५२.४१ अंकले घट्यो नेप्से

धितोपत्र बोर्डले निकालेको जोखिमपूर्ण कम्पनीको सूचीले सेयर बजारमा पहिरो, एकैदिन ५२.४१ अंकले घट्यो नेप्से

२ असार, काठमाडौं– धितोपत्र बोर्डले निकालेको विज्ञप्तीको प्रभाव सेयर बजारमा पर्दा सेयर बजारमा आज पहिरो गएको छ । दैनिक नयाँ उचाइ चुमिरहेको सेयर बजारमा साताको चौथो दिन बुधवार ५२.४१ अंकको गिरावट आएको हो ।

गत सोमबार ३ हजार विन्दू नाघ्दै नयाँ रेकर्ड बनाएको बजार बुधवार भने ओरालो लागेको हो ।

बुधबारको नियमित कारोवार अघि हुने प्रिओपन सेसनमा नै बजारमा ३२ अंकको गिरावट आएको थियो ।

मंगलबार झिनो अंकले ‘करेक्सन’ देखिए पनि नेप्सेले ३ हजार अंकको उचाइ पनि कायम राख्न सफल भएको थियो ।

नेपाल धितोपत्र बोर्डले मंगलबार सूचीकृत कम्पनीहरु मध्ये ५१ कम्पनीको नाम नै तोकेर जोखिमपूर्ण भन्दै लगानी जोखिममा पर्ने आशयको विज्ञप्ती जारी गरेपछि सेयर बजारमा एकैदिन भारी गिरावट भएका लगानीकर्ताहरु बताउँछन् ।

बजारमा आज कुल २ सय १९ कम्पनीको १५ अर्ब ४८ करोड भन्दा बढीको कारोवार भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE