महोत्तरीमा जमेको पानीमा डुब्दा दुई बालकको मृत्यु
महोत्तरीमा जमेको पानीमा डुब्दा दुई बालकको मृत्यु
१६ जेठ, काटमाडौं– महोत्तरीको जमेको पानीमा डुबेर एकैघरका दुई जना बालकको मृत्यु भएको छ। महोत्तरीको एमविएस इँटा उद्योगले खनेको खाल्डोमा रहेको पानीमा डुबेर उनीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका–९ का ९ वर्षीय बालक प्रेमकुमार मण्डल र उनका दाजु १० वर्षका आशिककुमार मण्डल रहेको प्रहरीले जनाएको छ ।
इँटा उद्योगले खनेको खाल्डोमा पानी जमेको थियो। घरबाट झन्डै एक किलोमिटर टाढा रहेको खेल्न गएका दुबै बालकको शनिबार अपराह्न डुबेर मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ।
घटनाउछि दुबै बालकको शव पोष्टमार्टमपछि आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। प्रहरीले यस घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE