Date
शुक्र, असार ४, २०७८
Fri, June 18, 2021

गल्ति मानवीय स्वभाव हो, जो कसैबाट हुन सक्छ

गल्ति मानवीय स्वभाव हो, जो कसैबाट हुन सक्छ

– केपी सरकारले ऋणको भारी बोकाए रे।होला ऋण गर्न बाध्य भए। बृद्ध,अपांग,एकल महिला, दलित,बालबालिकाको भोक तिर्खा देख्न सकेनन्,सामाजिक सुरक्षा भत्ता दिए। देशमा दैविक आपत्ति,महामारी फैलियो राहत दिए। जनता आवास कार्यक्रम अन्तर्गत घरवारविहीन गरीब,विपन्न दलित व्यक्तिहरुलाई हज्जारौं घर निर्माण गरिदिए। सुकुम्बासीहरुलाई जग्गा वितरण गर्दैछन्,कति गरिसके। तुहिन हटाएर पुल निर्माण गरे। हज्जारौं किमि सडक चौडा र कालापत्रे बनाए। भत्किएका,भत्काइएका हज्जारौं प्रहरी चौकी,ब्यारेक,पुल,विद्यालय,गाविस भवन,वैंक भवन,दरवार हाइस्कुल,धरहरा,मेलम्ची खानेपानी ,चोभार ड्राइपोर्ट, बनाए। हडपिएका सार्वजनिक जग्गाहरु सरकारका मातहतमा ल्याइए,ल्याउने काम जारी छ।समयानुकूल सेना, प्रहरी, शिक्षक, निजामती, कर्मचारी, स्वयंसेविकाहरुको तलब भत्ता अरु सरकार भन्दा मन फराकिलो पारेर बढाए । भारतीय नाकाबन्दीको दादागिरीपूर्ण एकद्वार नीतिको विरुद्ध वैकल्पिक उत्तरी नाका खोल्दै पारबहन सन्धी गरे तथा लिपु–लिम्पिया र कालापानीको नक्सा जारी गरेर जनताको स्वाभिमान उचो बनाए। सैयौं नियम,कानुन बनाएर जारी गरे,गराए । भनौं, संविधान लागू गरे, तर दुःखद कुरो आज उनैलाई संविधान च्याते रे। जसले देश र जनताका लागि दशकौं जेलनेल भोगे। गोलघरको काला कोठरीको कठोर यातना सहे,उसैलाई गणतन्त्र विरोधी रे। के यो लाञ्छना उचित हो ?

– जसले बनेका भौतिक संरचना यथाकथित जन्युद्धको नाममा भत्काए,देश र जनता ऋणमा डुबाए।त्यसलाई निर्माण गर्न कति ऋण काढ्न देश बाध्य भए उनीहरुले नै आज लाज पचाएर तीन हात माथि उफ्रिदै जनतालाई ऋणमा डुबाए रे। के यसो भन्न सुहाउंछ ?

– जसले जनताका त्रिपाल चोरे,जस्तापाता लुटे, सत्ता टिकाउन इतिहासकै जम्बो, पचासौं जनाको मन्त्रीमण्डल बनाए। सत्ता राजाको हातमा खोसाए उनीहरू नै सुशासनका नारा घन्काउँदैछन् अनि भन्छन् केपीले देश र जनता ऋणमा डुबाए रे। लोकतन्त्र मासे रे। के यसो भन्न सुहाउँछ ?

– जसले लोकतन्त्रको धज्जी उडाउँदै,संघीयता कमजोर बानाउँदै, पार्टी ह्वीप नमान्ने,फ्लोर क्रस गरेर विपक्षी गठबन्धनलाई साथ दिने, आफ्नो सरकार ढलाएर प्रतिपक्षको सरकार निर्माण गर्न हात धोएर लाग्ने अनि भन्छन् ,सरकार प्रतिगामी र लोकतन्त्र मास्ने,संविधान च्यात्ने काम सरकारले गर्‍यो रे । यो कस्तो लोकतान्त्रिक अभ्यास हो ?

– संविधानको धाराहरु संविधान निर्माताहरुलाई नै थाहा छैन रहेछ। कुन धाराले के स्पष्ट गर्न खोजेको हो प्रष्ट छैन।संविधानविद्, कानुनविद्हरु आफ्नो अनुकूल व्याख्या गरिरहेका छन्, विद्यालयतिर हाजिरी जवाफको तर्क वितर्क जस्तो । जसले चित्त बुझ्दो तर्क गर्‍यो उसैको जित हुने जस्तो गरेको देखियो ।जस्तै संविधानको धारा ७६ को उपधारा (५) को व्याख्या मान्छे नै पिच्छे फरक फरक ब्याख्या छ। यो दुःखद र लाजमर्दो कुरो होइन ?

– अनलाइन समाचार हेर्‍यो भने मानिस पागल नै हुन्छ । प्रायः फेक न्युज, इडिट फोटो, इडिट किर्ते हस्ताक्षर लेखेर अरुलाई बदनाम गराउन होडबाजी देखिन्छ । फेसबुक, ट्विटर आदि सुन्नै नसकिने गाली, दोषारोपण र चरित्र हत्याको छ। के राष्ट्रपति, के प्रम, मन्त्री, सांसद कसैको मर्यादा छैन। सम्मान छैन।एकले अर्कालाई आमा चकारी गाली बेइज्जत गरेको छ । के अब नेपालीमा नैतिकता नामको वस्तुको खडेरी नै लागेको हो त ?

– केही यथाकथित पत्रकार, राजनैतिक विश्लेषकहरुले सहि सूचना सम्प्रेषण, सहि विश्लेषण भन्दा बढी नचाहिंदो उराल धुराल गरेर चम्चे प्रवृति देखाएर धमिलोमा माछा मारेको पनि देखियो । यो उचित पक्कै छैन,हैन होला।

– हिजो सबै मिलेर नागरिकता सम्बन्धि व्यवस्था ल्याए, हस्ताक्षर सवैले गरे । यस्तो यस्तोलाई नागरिकता वितरण गर्ने भनेर लेखे।आज हुबहु त्यही बुँदा टेकेर नागरिकता अध्यादेश जारी गर्दा हस्ताक्षर कर्ताहरु नै रातोरात केपीले देश फिजीकरण गर्दै भारतीयलाई नागरिकता दियो भन्दै चिच्याउँदैछन्। फेक भिडियो युटुवमा हाल्दै जनतालाई दिग्भ्रमित पार्दैछन्। के यो उचित हो ?

– एमसीसीबारे हिजो कांग्रेस सरकारको पालामा निर्णय गरे। माओवादी आफ्नो पालामा यो पास गरेर अमेरिकाको जस आफ्नो पोल्टामा पार्न उद्धत देखिन्छ तर अहिले केपीलाई सत्तोसराफ गरेर गाली गर्दै भ्रम सिर्जना गरिदैछ। के यो जायज हो ?

– अन्त्यमा, आदरणीय दिदीबहिनी,दाजुभाइहरुः गल्ति मानवीय स्वभाव हो।जो कसैबाट हुन सक्छ। केपी पनि त्यसबाट अछुतो छ भन्न खोजेको होइन,राम्रोलाई राम्रो र नराम्रो लाई नराम्रो भन्न सक्नुपर्छ भन्न खोजेको मात्र हो। तीललाई पहाड नबनाऔं। सवै मिलेर आआफ्नो तह र तप्कामा बसेर एकले अर्काको सम्मान गरौं। गल्ति गर्नेहरुलाई रचनात्मक सल्लाह दिऔँ। हामीले आफ्नो घरभित्रको झगडा शत्रु सामु नदेखाऔँ। आश्था सवैको छ,एक अर्कालाई सम्मान गरौं।अरुलाई सम्मान गरे मात्र आफूले नि सम्मान पाइन्छ। सवै मिलौं।परिवार,समाज र राष्ट्रको निम्ति के गर्न सकिन्छ,मिलेर गरौं।मिलेर बसौं। यसैमा सवैको भलाइ छ।

WRITE COMMENTS FOR THIS ARTICLE