उपत्यकाका शक्तिपिठहरु कात्तिक १ देखि खुल्ने
२८ असोज
काठमाडौँ – कोरोना संक्रमणको जोखिमका कारण बन्द रहेका सबै देवीदेवताका शक्तिपीठहरु कात्तिक १ गतेदेखि खुल्ने भएका छन् ।
लामो समयदेखी बन्द रहेका काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवी, भाटभटेनी आकाशेदेवी लगायतका शक्तिपिठहरू कात्तिक १ गते देखि खुल्ने भएका हुन्।
दशैंको समयमा विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपिठहरू खोल्नुपर्ने बाध्यता रहेको मन्दिर व्यवस्थापकहरूले बताएका छन् । विभिन्न गुठियारहरूको विशेष पूजा हुने र जात्रा समेत निकाल्नुपर्ने प्रचलन रहेकाले पनि पूजाका लागि खुला गरिनुपर्ने मन्दिर व्यवस्थापकहरुको भनाई रहेको छ । तर यस विषयमा भने हालसम्म सरकारले कुनै निर्णय गरेको छैन ।
गुठियारहरूसँग पनि जात्रा ननिकाल्ने तर विशेष पूजाआजा गर्ने सहमति भइसकेको व्यवस्थापकहरुको भनाई छ । कोभिड १९ संक्रमणको जोखिम भएसँगै सरकारले मन्दिर क्षेत्रमा भक्तालुका लागि पूजाआजा रोक्ने निर्णय गरेको थियो। यससँगै काठमाडौं उपत्यकाका मुख्य शक्तिपिठहरूमा समेत नियमित पूजाआजा बाहेकका सबै गतिविधि बन्द गरिएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE