Date
शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

प्रतिनिधि सभा विघटसम्बन्धी मुद्दाः पुरानै बेञ्चलाई निरन्तरता, सुनुवाइ जारी

प्रतिनिधि सभा विघटसम्बन्धी मुद्दाः पुरानै बेञ्चलाई निरन्तरता, सुनुवाइ जारी

२६ जेठ, काठमाडौं– प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा अहिलेको संवैधानिक इजलास नै कायम रहने भएको छ ।

इजलासमा न्यायाधीशद्वय आन्नदमोहन भट्टराई र दीपक भट्टराईमाथि प्रश्न उठाइएको थियो । तर प्रधानन्यनयधीश चोलेन्द्र शमसेर जबराले इजलास सुरु गर्न अनुमति दिएपछि बहस सुरु भएको हो ।

बहसका लागि अनुमति दिएपछि विपक्षी तर्फका कानुन व्यवसायी राजाराम घिमिरेले आफ्नो निवेदन स्मरण गराएका थिए । तर प्रधानन्यायाधीश जबराले यही बेञ्चलाई निरन्तरता दिने बताउनुभयो ।

बहसले निरन्तरता पाएपछि, ‘अब यो जिम्मेवारीबाट भाग्दैनौं ।’ न्यायाधीश ईश्वर खतिवडाले भने, ‘कहिले काँही शब्दबाट त कहिले मौनताबाट जवाफ हुने भन्दै उनले अब बेञ्च गठनबारे बहस नगर्न आग्रह गरे ।’

प्रतिनिधि सभा विघटन सम्बन्धी रिटमा अहिले रिटको निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता महादेव यादवले बहस गरिरहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE