Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

यी हुन् माओवादीले पाउने बाँकी तीन मन्त्रालय,को बन्लान् मन्त्री ?

१९ आश्विन,काठमाडौं – सरकारलाई पूर्णता दिन सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागबण्डा टुंगिएको छ। यसअघि दुई मन्त्रालय पाइसकेको माओवादी केन्द्रले तीन मन्त्रालय पाउने भएको छ। स्रोतका अनुसार माओवादी केन्द्रले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, कृषि तथा पशुपन्छी गरी तीन मन्त्रालय पाउने भएको छ ।

माओवादीले अर्थ र ऊर्जा मन्त्रालयमा मन्त्री पठाइसकेको छ । बाँकी तीन मन्त्रालयका लागि हरिबोल गजुरेल, देवेन्द्र पौडेल, सुरेशकुमार राई, सुदन किराती, जयपुरी घर्ती, अञ्जना विशंखे, शशी श्रेष्ठ, अमनलाल मोदी र शिवकुमार मण्डललगायतको नाम चर्चामा छ ।

प्रायोजित विज्ञापन
प्रायोजक विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE