Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

कञ्चनपुरमा दुई समूहबीच झडप ७ जना घाइते, ४ को अवस्था गम्भीर

२७ भदौ, धनगढी – कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ को भेटघाट शिविरमा तीज कार्यक्रममा झडप हुँदा ७ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार शनिबार राति ८ बजेको समयमा दुई समूहबीच झडप हुँदा ७ जना घाइते भएका हुन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

गम्भीर घाइते भएकाहरु कृष्णपुर नगरपालिका–१ का अन्दाजी २८ वर्षीय चन्द्रबहादुर धामी, अन्दाजी ३५ वर्षीय नरेन्द्र भण्डारी, ३८ वर्षीय नारायण दमाई र ६५ वर्षीय गोविन्द दमाई छन् ।

उनीहरुको टाउकोमा चोट लागेको बताइएको छ । उनीहरुलाई उपचारका लागि धनगढी ल्याइएको छ । सामान्य घाइते भएका कृष्णपुर नगरपालिका–१ कै बलबहादुर डाँगी, मनोज खत्री र किसन खत्रीलाइ स्थानीय क्लिनिकमा उपचार गरिरहेको जनाइएको छ ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE