Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

ओलीको पुनरावेदन निवेदनमाथि आज आनन्दमोहन र हरि फुयालको इजलासमा सुनुवाइ हुँदै

ओलीको पुनरावेदन निवेदनमाथि आज आनन्दमोहन र हरि फुयालको इजलासमा सुनुवाइ हुँदै

८ असार, काठमाडौं– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको पुनरावेदन निवेदनको आज सुनुवाई हुँदैछ ।

सर्वोच्च अदालतले न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरि प्रसाद फुयालको संयुक्त इजलासमा सुनुवाई उक्त निवेदनको सुनुवाइ गर्दैछ ।

एमाले अध्यक्ष ओलीले एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको कारवाहीलाई मान्यता नदिने सर्वोच्चको अन्तरिम आदेशमा पुनरावेदनका लागि निवेदन दिनुभएको हो ।

नेकपा एमालेले कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई एमालेले ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो ।

यद्यपि एमालेले गरेको सो कारवाहीलाई न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेश दिँदै खारेज गरिदिएको थियो।

आदेशमार्फत कारवाहीलाई खारेज गरिदिएपछि ओलीले केन्द्रीय कमिटीले निर्णय गरेर दशौं राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन भएको र सो आयोजक समिति नै एमालेको आधिकारिक कार्यकारी कमिटी भएको बताउँदै कारवाहीलाई सदर गर्न माग गर्दै पुनरावेदन दिनुभएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE