मन्त्रिपरिषद्को बैठक आज साँझ बस्दै : मन्त्रिपरिषद् पुर्नगठनको चर्चा
८ असोज
काठमाडौं – मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक आह्वान गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ पाँच बजे मन्त्रिपरिषद् बैठक बोलाइएको एकमन्त्रीले जानकारी दिनुभयो । उहाँका अनुसार नियमित विषयमा छलफल हुने छ ।
यसैबीच प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिवालय बैठकले गरेका निर्णय कार्यान्वयन गर्नेबारे छलफल भएको बताइएको छ । मंगलबार बसेको सचिवालय बैठकले १० दिनभित्र सांगठनिक एकताको प्रस्ताव पेश गर्न दुई अध्यक्ष र महासचिवलाई जिम्मेवारी दिएको थियो ।
त्यस्तै, दुई अध्यक्षहरूको भेटमा मन्त्रिपरिषद् पुनर्गठनबारे समेत छलफल हुन सक्ने बताइएको छ । स्थायी कमिटी बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेकाले दुई अध्यक्षले छलफल गरेर अघि बढ्ने बताइएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE