Date
आइत, मंसिर १८, २०७९
Sun, December 4, 2022

थपिए ४४ संक्रमित, ४८१ संक्रमणमुक्त, १ जनाको मृत्यु

८ चैत, काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४९५ जनाको पिसिआर गर्दा ३५ र २ हजार ९९ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जना गरि ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, गत २४ घण्टामा कोरोनाको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मंगलबार ४८१ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

हाल देशभर २ हजार ६८८ जना सक्रिय संक्रमित छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE