Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

१५ असार, काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० तोकिएकोे छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ७०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु १०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार २०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २४० तोकिएको महासङ्घले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE