वैकल्पिक विधिबाट परीक्षा लिनका लागि आवश्यक व्यवस्था मिलाउनुः त्रिवि
वैकल्पिक विधिबाट परीक्षा लिनका लागि आवश्यक व्यवस्था मिलाउनुः त्रिवि
११ जेठ, काठमाडौं– त्रिभुवन विश्वविद्यालयले वैकल्पिक विधिबाट परीक्षा लिनका लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित सम्पूर्णलाई अनुरोध गरेको छ । विश्वविद्यालयले एक विज्ञप्ती जारी गर्दै वैकल्पिक रुपमा परीक्षा गर्न र पठनपाठन सुरु गर्नका लागि अनुरोध गरेको हो ।
त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाबाट जारी विज्ञप्तीमा, ‘वैकल्पिक विधिबाट सुचारु भइरहेका कक्षालाई निरन्तरता दिन, सञ्चालन हुन बाँकी भएका कक्षा सुचारु गर्न र सम्पर्कमा नभएका विद्यार्थीलाई तत्काल आ–आफ्ना विभाग, क्याम्पस, स्कुल तथा डिन कार्यालयको सम्पर्कमा आउन’ भनिएको छ ।
विज्ञप्ती मार्फत विश्वविद्यालयले सबैलाई सुरक्षित भई सावधानी अपनाएर बस्न पनि अनुरोध गरेको छ ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE